दफा
लेखा र लेखा परीक्षण

९. लेखा र लेखा परीक्षण

(१) समितिको आय–व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) समितिको लेखा परीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखा परीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले समितिको आय–व्ययको लेखा, तत्सम्बन्धी कागजात र अरु नगदी वा जिन्सी जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।